रौतहट ११ पौष

रौतहटको चन्द्रपुर नगरपालिकामा जंगली बाघ देखा परेको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटार अन्र्तगत पर्ने पहाडी फेदीको नमोबुद्ध सामुदायिक वन क्षेत्रमा पाटे बाघको आक्रमनबाट स्थानियको गाइ खाएको नमोबुद्ध सामुदायिक वनका अध्यक्ष सन्त बहादुर पाख्रिनले बताउनु भयो । सो सामुदायिक वन क्षेत्रमा गत बुधबार स्थानियको गाइ हराएपछि खोज्ने क्रममा शनिबार गाईको सम्पुर्ण भाग खाइसकेको केही खुट्््टा मात्र बाकी रहेको अबस्थामा फेला परेको पाख्र्रिनले बताउनु भयो । सो वन क्षेत्रमा बाघ घुमिरहेकाले सामुदायिक वन क्षेत्रमा उपभोक्ताहरु कुनै प्रयोजनका लागी प्र्वेश गर्दा चनासोका साथ प्रबेश गर्न आफ््ना अफ्ना उपभोक्ताहरुलाई अपिल गर्नु भएको छ । पछिल्लो समय रौतहटमा रहेका राष्ट्रिय वनहरु समुदायलाई सरकारले हस्तान्तरण गरेपछि ति वनहरु बाक्लीएका कारण जंगली जनावरहरुको वास स्थानको रोजाइ बन्दै गएको छ । यस क्षेत्रका वनमा रहेका बन्यजन्तुहरुको संरक्षणतर्फ सम्बन्धित निकायले ध्यान दिनु पर्नेमा स्थानियले सुझाव दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here