काठमाडौं,९ पौष ।

नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

कांग्रेसले संघीय निर्वाचन क्षेत्रहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए । उक्त कदमलाई कांग्रेसले असंवैधानिक भनेको छ ।

आजै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्य भेलाले सरकारविरूद्ध आन्दोलनमा जाने निष्कर्ष निकालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here