काठमाडौं ९ पौष ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पुल्चोक क्याम्पसमा प्रदर्शन भएको छ । विद्यार्थी संगठन अखिल क्रान्तिकारी र अनेरास्ववियुको नेतृत्वमा प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा प्रदर्शन भएको हो ।
जिल्लाका विभिन्न अरु इञ्जिनियरिङ्ग क्याम्पसका नेता–कार्यकर्ताको समेत उपस्थितिमा विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनमा ओलीको कदमको चर्को विरोध गरिएको छ ।
अखिल क्रान्तिकारीबाट शिशिर पन्त र अनेरास्ववियुबाट संयोग पोख्रेलको नेतृत्वमा भएको कार्यक्रमलाई केन्द्रीय कमिटीबाट सागर अधिकारीले सम्बोधन गरेका थिए ।