काठमाडौं ६ पौष ।
नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का ८७ सांसदहरू आज सर्वोच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरु अदालत जाने तयारी गरेका हुन् ।
सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वोच्च जान लागेको बताइएको छ । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वोच्चमा रिट दायर गर्ने तयारी छ ।








