काठमाडौँ ५ पौष ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्वसचिव प्रेम राई सिफारिस भएका छन् ।
मंसिर ३० गतेको बसेको परिषदको बेठकले राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।
संवैधानिक परिषद् ।काम कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि संवैधानक परिषदले उक्त सिफारिस गरेको हो ।
केहीबेर अघि संसद सुनुवाइका लागि संसद सचिवालयमा संवैधानिक परिषद्को पत्र पुगेको छ ।
राईसँगै अरु केही व्यक्तिलाई पनि आयोगमा सिफारिस गरिएको स्रोतको दाबी छ ।








