काठमाडौं ५, पौष ।
कोरोना संक्रमण बढ्दै गएपछि गत चैत्र ११ देखि भक्तजनका लागि बन्द गरिएको बूढानिलकण्ठ नारायणस्थान मन्दिर आजबाट खुला गरिएको छ ।
महामारीका कारण बन्द गरिएको मन्दिर आइतबारबाट भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएको हो ।
नौ महिनादेखि बन्द गरिएको भएपनि नित्य पूजा, आरती भने नियमित भइरहेको थियो । मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भए पनि यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो ।







