रौतहट ५ पौष ।
रौतहट प्रहरीले भन्सार छलीका सर–समानहरु भन्सार कार्यालयमा बुझाइएको छ । जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट विभिन्न मिति, समय र स्थानहरुमा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी बोरा र झोलाहरु टाउको र मोटरसाईकलमा बोकी नेपाल तर्फ भित्र्याई ल्याउदै गरेको समानहरु निय्न्त्रणमा लिई बुधmाएको हो ।
प्रहरी गस्ती टोलीलाई देखी उक्त बोरा, झोलाहरु मोटरसाईकल सहित छाडी भागी फरार भएकोले प्रहरी टोलीले बोरा, झोलाहरु र मोटरसाईकल नियन्त्रणमा लिएको समान करिब रु.१ लाख ४३ हजार बराबरको कुर्ता सुरुवालको कपडा, सर्ट पाईन्ट कपडा, सुती साडी, सिल्की साडी, पेटीकोटको थान कपडा, चदर सल कापी, डटपेन, पेनसिल लगायतका सर सामानहरु लगायतका अन्य सरसामानहरु गरि करिब रु.३० हजार बराबरको एक थान मोटरसाईकल, नेपालबाट भारत तर्फ भित्र्याउने क्रममा करिब रु.३ हजार ५०० मटर (केराउ) समेत गरी जम्मा करिब रू.१ लाख ७७ हजार ०५० बराबरको सर सामानहरु वेवारीसे अवस्थामा फेला पारी रित पुर्वक बरामद गरी आवश्यक कारवाहीको लागि आज गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here