जनकपुर ५ पौष ।
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव अन्गर्तत विवाह सम्पन्न भएको छ । शुक्रवार राति रामसीताको प्रतीकात्मक रुपमा मिथिला परम्पराअनुसार विवाह समपन्न भएको हो ।

जानकी मन्दिर प्राङ्गणमा निर्मित आकर्षक मञ्चमा राम, लक्ष्मण, भरत, शत्रुघ्नको मूर्तिमा विधिवत् पूजापाठ तथा भोजन गराई जन्तीको विदाइ गरिएको हो ।

रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन आज रामकलेवा हुनेछ ।

रामकलेवापछि रामजानकी विवाह महोत्सव यसवर्ष विधिवत् रुपमा सम्पन्न हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here