रौतहट, १ पुस ।
रौतहटको गैडाटार सव डिभिजन बन कार्यालयले मंगलबार राती चिरान काठ नियन्त्रणमा लिइएको छ । गएराती अन्दाजी रातको १२ बजे काठ तस्करहरुले हिलेखोलाको बन जङ्गलमा साल जातको रुख ढाली चिरान काठ रौतहटको चन्द्रपुनिगाहपुर ल्याउने क्रममा चन्द्रपुर—४ टेकान बसपार्क क्षेत्रमा सो चिरान काठ बन कार्यालयले नियन्त्रणमा लिइएको हो । तयारी अबस्थामा चिरान गरेको २४ थान काठ २०।१२ क्युफिट रहेको सब डिभिजन बन अधिकृत अमरदेव प्रसाद यादवले बताउनु भयो । बन गस्ति टोलीलाई देख्ना साथ तस्करहरु सो काठ छाडी भागेका थिए। गैडाटार सब डिभिजन बन कार्यालय रौतहटबाट स।ब।अ। अमरदेव प्रसाद यादबको कमान्डमा गएको गस्ती टोलिले सो काठ पक्राउ गरि आबश्यक थप कारबाहीका लागि डिभिजन बन कार्यालय रौतहटमा पेश गरिएको यादवले बताउनु भयो । संभार गुजंन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here