रौतहट, १ पौष।
रौतहटका १८ पालिका मध्ये नगर सभा गर्न नसेका २ पालिका मध्ये बौधिमाई नगरपालिकाको चौथो नगर सभा मङ्गलबारका दिन सम्पन्न भएको छ ।बौधिमाईका नगर प्रमुख राजिव रन्जन उर्फ राजु यादवले नगरको आर्थिक वर्ष २०७७।०७८ को कुल आय र व्ययमा विनियोजन गरिएको अनुमानित विवरण प्रस्तुत गरेका हुन् । निति तथा कार्यक्रम कार्याव्यनको लागि आव२०७७।०७८को कुल व्यय रु ५१ करोड १८ लाख ४३ हजार ८ सय ८० विनियोजन गरिएको छ। यसको आन्तरिक आयबाट रु २ करो ८८ लाख ९मालपोत ,घरबहाल कर,सिफारिस दस्तुर ,नविकरण दस्तुर लगायत अन्य शिर्षकहरु०,अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु १० करोड ८१ लाख ८५ हजार, संघिय तथा प्रदेश सरकारबाट प्रदान गरिने राजस्व बाडफाड बापत ७ करोड ८२ लाख ८८ हजार ८ सय ८० , संघिय तथा प्रदेश सरकारबाट प्रदान गरिने वित्तीय हस्तान्तरणबाट ११ करोड ७१ लाख ५५ हजार , संघिय तथा प्रदेश सरकारबाट प्रदान गरिने सशर्त अनुदानबाट १२ करोड ८९ लाख, प्रदेश सरकारबाट प्राप्त हुने समपुरक तथा विशेष अनुदानबाट ९६ लाख र सडक वोर्ड को २५ लाख ,सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत १२ करोड स्थानीय पूर्वाधार विकास साझेदारीमा कार्यक्रम अन्तर्गत २ करोड ५० लाख, वहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत १६ लाख रुपैया रहेको मेयर यादवले बताए। बौधिमाइ नगरपालिकाको उपमेयर प्रेमलता कुशवाहाको स्वागत मन्तव्यबाट सुरु भएको नगर सभामा वडा नं।१ देखि ९ सम्मका वडाअध्यक्षहरुले आफ्नो मन्तव्य राखेका थिए। विशिष्ट अतिथिको रुपमा जिल्ला समन्वय समिति रौतहटको उपसभापति राम अशिष राय यादवले बोल्दै भने विश्व व्यापी रोग कोरोना भाइरसको कारण नगर सभा हुन बाट बन्चित रहे पनि आज नगर सभा हुनु नगरवासीको हितकारी भएको उनले बताए। कार्यक्रममा सम्पुर्ण वर्डा अध्यक्ष ,कार्यपालिका सदस्य ,वर्डा सदस्यहरुले आआफ्नो कुरा राख्नु नगर सभाको मुख्य विषय हो।केही टृटी समयमै सच्चिन पनि सक्छ जो विकास कार्यमा टेवा पुर्याउछ उनले बताए । मेयर राजिव रन्जन उर्फ राजु यादवको अध्यक्षतामा नगरसभा भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here