काठमाडौं २८ मंसिर ।
सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।
आइतबारदेखि उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै धर्ना दिन थालेका छन् । माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो ब्यथा सुनाउने लगायतका तयारी किसानहरुको छ । गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्न उनीहरुको माग छ ।

उनीहरुले माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । सरकारले किसानसँग गरेको पटक(पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रको भनाई छ ।

उनीहरुले तिहारअघि पनि उद्योग मन्त्रीलाई भेटेर हाम्रो माग राखेका थिए । मन्त्रीले पैसा दिलाइदिने बाचा गरेका थिए । तर, किसानसँग भएको सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलनमा गर्ने क्षणमा पुग्नु परेको उनीहरुको भनाई छ ।

चार वटा चिनी मिलबाट उखु किसानले करोडौं रुपैयाँ बक्यौता पाउन बाँकी छ । सरकारी तथ्यांकअनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here