रौतहट २७ मंसिर ।
रौतहटको माधव नारायण नगरपालिकाको वडा नं १ स्थित मंसिर १३ गते देखि संचालनमा रहेको मेयर कप २०७७ खेल समापन भएको छ ।
नगर भित्र धेरै जस्तो युवाहरू जुन चाहि खेल प्रति धेरै रूचि राख्ने र भोलिको दिनमा देश विदेश समेतमा अवसरमा पायो भने जिल्लाको नामलाई प्रकाश पार्ने रहेको हुनाले तिनीहरूको हौसला बढाउने उदेश्यले माधव नारायण नगरपालिकाका नगर प्रमुख बिरेन्द्र प्रसाद यादवले वडा नं १ देखि ९ सम्मका सबै क्रिकेट खेलाडीहरूलाई सहभागी गराएका हुन ।
शनिवारको दिन अन्तिम फाइनलमा सखुअवा खेसरहिया र नगरको जनप्रतिनिधि कर्मचारी बिच खेल भएको थियो । सो खेलमा उपाधि विजयी प्राप्त गरि खेसरहिया टिमले हासिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here