रौतहट २६ मंसिर ।
रौतहट जिल्लाको मौलापुर नगरपालिका ५ मा निर्मित एकिकृत सरकारी कार्यालय मालपोत भवनको उद्घाटन गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद प्रभु साहले सो भवनको उद्घाटन गर्नुभएको हो।
सघन शहरी तथा भवन निर्माणक आयोजना र कार्यालय पर्सा वीरगन्जबाट निर्मित सो भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको बताइएको छ।
भवन उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य कुन्दन कुशवाहा मौलापुर नगरपालिकाका नगर प्रमुख रिना साह ,सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय प्रमुख रन्जन दास लगाएतको उपस्थिति रहेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here