रौतहट २५ मंसिर ।
रौतहट जिल्लाको गौर नगरपालिका नगर प्रमुख अजय कुमार गुप्ताले वार्ड नं. ४ मा अवस्थित रहेको रामजानकी मठको मन्दिरको सिलान्यास गर्नु भएको छ ।

आज हिन्दु परमपरा अनुसार पुजापाठ गरि नगर प्रमुख गुप्ताले, गौर नपाको हाल १६ लाख सहयोगमा रामजानकीको मन्दिर सिलान्यास गरिएको हो ।
रामजानकी मन्दिर निर्माण गर्ने कार्यको उपभोक्ता समितिको आयोजनमा आयोजित सिलान्यास कार्यक्रममा नगर प्रमुख गुप्ता, वार्ड नं. ४ का वडा अध्यक्ष भुनेश्वर शाही, समाज सेवी अवधेश यादव लागयतकाले सामुहिक पुजापाठ गरि उक्त मन्दिरको सिलान्यास गरिएको नगर प्रमुख गुप्ताले बताए ।
सिलान्यास कार्यक्रममा गौर नगरपालिका वाडा अध्यक्षहरु, जनाप्रतिनिध, पत्रकार तथा आमनागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here