कैलाली २५ मंसिर ।
धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका २ का ६५ वर्षीय पुरुष रहेका छन् । मंसिर १८ गते उनमा कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उपचारकै क्रममा हिजो राती ९ बजेर १० मिनेटमा सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनमा कडा खालको निमोनिया थियो । शवको ब्यबस्थापन भवानी दल गण तेघरीले गर्ने सूचना अधिकारी श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here