काठमाडौं २४ मंसिर ।
बुधबार नेपाली बजारमा सुनको भाउ ७०० सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार १०० मा कारोबार भएको थियो भने बुधबार ७०० ले घटेर ९३ हजार ४०० मा कारोबार भइरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला ९२ हजार ९५० मा कारोबार भइरहेको छ ।

त्यस्तै बुधबार चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको प्रतितोला १ हजार २१५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here