रौतहट २३ मंसिर ।
रौतहटको सिमा नाकाबाट मंगलबार अबैध भन्सार छलिका कपडा प्रहरीले नियन्त्रणमा लिइएको छ । रौतहटको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत मंगलबार अन्दाजी ९४,३७०। बराबरको कपडा बरामत गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
मंगलबार विहान जिल्ला प्रहरी कर्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा रौतहटको ईशनाथ नगरपालिका वडा नं.४ मठिया औरैयाको बिचमा रहेको ईट्टा भट्टा नजिक ३ ४ जना मानिसहरुले टाँउकोमा झोला, बोराहरु बोकी भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याउँदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देख्ना साथ कपडाहरु छाडी फरार भएको जनाइएको छ । सो तस्करीमा सलग्न रहेका साहु रौतहटको गौर नगरपालिका वडा नं ७ बस्ने बर्ष ३५ को शेख अब्बदुल सलाम र झोला, बोराहरुमा राखेको कपडाहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ गरेको शेख अब्बदुल सलाम सहित कपडा थप आवश्यक कारवाहीको जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here