बुटवल २४ मंसिर ।
रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैना नगरपालिकाका ७३ वर्षीय पुरुषको भैरहवाको भीम अस्पतालमा मृत्यु भएको हो ।
मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएका उनी २२ गते अस्पताल भर्ना भएका थिए ।
उनको उपचारका क्रममा मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलले जानकारी दिए ।
संक्रमित पुरुष मुटु, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी रहेका डा.पोखरेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here