रौतहट २४ मंसिर ।
रौतहटको चन्द्रनिगाहपुरमा जिल्लामा मानव अधिकारको विश्लेषण र सुचनामा पहुँच विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
शान्तिका लागि साझा अभियान ले सरोकारबालाहरुका लागि आयोजना गरेको गोष्ठी बुधबार होटेल अल्पाईनमा सम्पन्न भएको हो ।
साथसाथ संवाद संजाल,रौतहटको सचिव देवकी नेपालको अध्यक्षतामा भएको गोष्ठीमा जिल्लाका मानवअधिकार कर्मी, संचारकर्मी, महिला अधिकारकर्मी एवम सरोकारबालाहरुको सहभागीता सम्पन्न भएको हो ।
कार्यक्रममा देशमा भएको महिला हिन्सा, मानव अधिकारका घटना, बालअधिकार तथा बलात्कारका घटनाहरूको डाटा सार्वजनिक गरिनुका साथै यश क्षेत्रमा कार्य गर्नेहरु माथि भएको संघातिक हमला एवम कार्यक्षेत्रमा कार्य गर्नेहरुमाथि हुने अमानवीय व्यवहारको बारेमा चर्चा गर्नुका साथै त्यसबाट बच्ने उपायहरु समेतको चर्चा गरिएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here