रौतहट २३ मंसिर ।
रौतहटको गौरमा प्राज्ञिक विद्यार्थी परिषद नेपाल गौर इकाईको एक दिवसीय अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

प्राज्ञिक विद्यार्थी परिषदको राष्ट्रिय सहसंगठन सचिव रामेश कण्डेलको विशेष उपस्थितिमा सो कार्यक्र सम्पन्न भएको हो ।

राष्ट्र पुर्ण निर्माण, व्यक्ति निमार्ण, असल व्यक्तिमा हुनु पर्ने गुणहरूको सम्बन्धमा सहजीकरण गरिएको छ ।

कार्यक्रमको प्रस्तावना र उदेश्य बारे आर्य मिश्राले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

उहाँले विधार्थी परिषदको कार्यपद्धति र परिषदको उदेश्यको सम्बन्धमा सहभागी विधार्थीहरु बीच जानकारी गराउनु भएको थियो । कार्यक्रममा गौर नगरपालिकामा रहेका विभिन्न क्याम्पसहरुबाट ६० जना विद्यार्थीहरुको उपस्थिति रहेको जनाइएको छ ।

सो कायर्क्रमको साथमा १५ सदस्यीय नगर इकाई समिति समेत गठन भएको छ । समितिका नगर सचिव प्रकृति श्रेष्ठ र छात्रा प्रमुखको मुस्कान सरावगीले चयन हुनु भएको सहभागी शुभ श्रीले जानकारी दिनु भयो ।,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here