सर्लाही २२, मंसिर ।
अब सर्लाही जिल्लामा पर्ने नेपाल भारत सिमा नाकाबाट एम्बुलेन्स, बिहेको गाडी र शव बाहनकले आवत जावत गर्न पाउने भएको छ । सर्वपक्षिय संघर्ष समितिलेको माग अनुरुप प्रशासनले उक्त निर्णय गरेपछि सर्वसाधारणले राहतको महसुस् गरेका छन् । नेपाल भारत सिमा बन्द रहेको र वर्षौदेखि निर्माणधिन हुलाकी राजमार्ग र अन्य सडकहरु गुणस्तरहिन भएको भन्दै सर्वपक्षिय संघर्ष समितिले आन्दोलन गरेको थियो ।जिल्ला समन्वय समिति सभापती तथा सर्वपक्षिय सघर्ष समिति, सर्लाहीका संयोजक मेथुर चौधरीका नेतृत्वमा भएको दवावमुलक कार्यक्रमपछि नेपाल भारत सिमा खुल्ला गर्न, हुलाकी राजमार्ग निर्माधिन सडकको स्तरोन्नती गर्ने सहमति प्रशासनले जनाएको छ ।संघर्ष समितिले हुलाकी राजमार्ग लगायत अन्य शाखा सडक र पुलको गुणस्तरको छानबिन गर्दै हुलाकी राजमार्ग बनाउँदा बाटोमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउन माग गरेको थियो । माग पुरा नभए आन्दोलन थप चर्काउने संयोजक चौधरीले बताउनुभयो ।बिहान साढे ११ बजे जिल्ला विकास फिल्डबाट मोटरसाइकल (याली सहित सिमा नाका परिक्रमा गरी पुन जिल्ला विकास चोक स्थित सहिद चोकमा कोण सभामा गरेका थिए । आउदो मंसिर २९ गते बेलुका ५ बजे जिल्लाको २० वटै पालिकामा मशाल जुलुश, मंसिर ३० गते सदरमुकाम मलंगवा पूर्ण रुपले बन्द गर्ने र पुस १ गते सर्लाही जिल्ला पूर्ण रुपले बन्द गर्ने संयोजक चौधरीले जानकारी दिनुभयो।







