रौतहट २२ मंसिर ।
रौतहटको विभिन्न स्थानमा चोरहरुले पसलहरु चोरी भएको भन्दै केही दिन अगाडी ब्यापारीहरुले बिरोध गर्दै प्रदर्शन समेत गरेका थिए । प्रहरीले निगरानी बढाएपछि चोरहरु धमाधम पक्राउ हुन थालेका छन । सोही क्रममा रौतहट प्रहरीले दुई भारतिय चोरलाई पक्राउ गरेको छ । रौतहटको विर्ता बजारमा रहेको एक पसलमा चोरी गरी भाग्ने क्रममा भारत विहारको सितामढी जिल्लाको पोष्ट गम्हरिया भटा बढहवी थाना सुपी ग्राम रामनगरा वडा नं.६ का १९ वर्षिय मुन्ना साह सोनी र अर्को १४ वर्षको एक नाबालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले दुवै चोरलाई नगद ५ लाख नगद सहित पक्राउ गरेको हो । गत मंसिर १९ गते साँझ गरुडा नगरपालिका वडा नं.८ बहुअरी घर भई हाल बिर्ता चोक बस्ने २६ वर्षिय पप्पु साहले बिर्ता चोक स्थित सञ्चालन गरेको कुन्ती हार्डवेयर पसलमा ५ लाखको सामान चोरी गरी भाग्ने क्रममा ईलाका प्रहरी कार्यालय गरुडाले लखेटेर दुवै चोरलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । पसलमा सामान खरिद गर्न गएको बेला दुवै जनाले ५ लाख बरावरको सामान चोरी गरी बिआर ३० एफजेट ५६७३ नम्बरको भारतिय हिरोहोण्डा मोटरसाइकलमा चढेर दक्षिण भाग्न लागेको अवस्थामा प्राप्त भएको सुचना अनुसार इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलको कमाण्डमा तत्कालै खटेको प्रहरी टोलीले लखेटेर दुवै चोर पक्राउ गर्न सफल भएको हो । मोटरसाइकल सहित पक्राउ परेका दुवै जनाको शरीर खानतलासी गर्दा पचास हजार नगद बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलले जानकारी दिनु भयो । चोरीमा संलग्न एक फरार रहेको जनाउदै खोज तलास भईरहेको र पक्राउ परेका दुवै जनालाई न्यायिक हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको डिएसपी रावलले जानकारी दिनु भयो । पक्राउ परेका दुवै चोरलाई आइतबार जिल्ला अदालत गौरमा ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here