जनकपुरधाम,२३ मंसिर ।

धनुषामा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । ज्यान जानेमा धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरका ३७ वर्षीय विवेक बस्नेत रहेको प्रहरीले जनाएको छ ।
सोमबार राति पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना।५ख। ६१२३ नम्बरको बसले ढल्केवरबाट गोदारतर्फ गइरहेको ज।११ प। ९५८८ नम्बरको मोटरसाइकलमा बिरेन्द्रबजारमा ठक्कर दिएको थियो । मोटरसाईकल चालक बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्करदिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको छ । मृतक बस्नेतको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here