रौतहट २१ मंसिर ।
रौतहटको सन्तपुरमा भइरहेको समा चकेवा उत्सव नमनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको छ।परम्परागत रुपमा चन्द्रपुर नगरपालिका ८ सन्तपुरमा समा चकेवा उत्सव लाग्दै आएको थियो।
थारु सांस्कृतिक पर्व भएकोले यस वर्ष पनि मनाउन निरन्तरता दिनै पर्ने भएको भनि यहि मंसिर १८ गते देखि २८ गते सम्म मनाउनको लागि शान्ति सुरक्षा मिलाइदिन स्थानीयले जिल्ला प्रशासन कार्यालय रौतहटमा अनुरोध गरेका थिए।
सोहि अनुरोध बमोजिम लाग्न दिएको उत्सवमा अत्यधिक भिडभाड भएको र विभिन्न माध्यमबाट जनगुनासो समेत आएकोले सो उत्सव नमनाउनको लागि अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here