रौतहट,२१ मंसिर ।
लैगिक हिन्सा विरुद्धको १६ दिने अभियान अन्तरगत रौतहटमा आज सरोकार बालाहरुले जनचेत नामूलक रैली निकालेको छ ।
लैगिक हिन्सा अन्त्यको प्रतिबद्धता, व्यक्ति समाज सबैको ऐक्यबद्धता भन्ने मुल नाराका साथ रौतहटको सदरमुकाम गौर, यमुनामाई गाउपालिका लगायत अन्य स्थानहरुमा सयौंको सहभागितामा रैली निस्केको हो ।
रौतहटको सदरमुकाम गौरमा भएको रैलीमा नेपाल पिछडा वर्ग महासंघ रौतहटका अध्यक्ष गिता देवी कुशवाहा, अन्तरपार्टी महिला संजालका शोभा देवी लगायतका रहेका थिए । यमुनामाई गाउँपालिकाको आयोजित कार्यक्रममा गाउपालिका अध्यक्ष श्रीप्रसाद मुखिया र उपाध्यक्ष गिता देवी साह र निमित प्रमुख प्रशासकीय अधिकृत मोहमद समशाद आलम लगायतको सहभागीता रहेको थियोे ।
अहिले लैगिक हिंसा विरुद्धको १६ दिने अभियान देशभरि नै संचालनमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here