सर्लाही २१ मंसिर ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सर्लाहीको हरिपूर्वा नगरपालिकामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । स्थानीय बाल क्लबले तयार गरेको लैंगिक हिंसा विरुद्ध हरिपूर्वामा चेतनामूलक सडक नाटक प्रदर्शनी समेत गरिएको छ। महिला हिंसा, बालविवाह न्युनिकरण, विभेद आदि विषय समेटिएको सन्देशमुलक नाटक स्थानीय बाल क्लबले तयार गरी प्रदर्शन गरेको हो ।यस्तै लैंगिक हिंसा न्युनिकरण विषयक अन्तरक्रिया कार्यक्रममा हरिपूर्वा नगरपालिकाका प्रमुख सियाराम रायले लैंगिक हिंसा मानिसको चेतनासँग गाँसिएको कुरा भएको बताउनुभयो । सोही अवसरमा उपप्रमुख चन्द्रकला देवी सुँढीले हिंसाबाट महिलाहरु बढी पीडित भइरहेको तथ्य औंल्याउँदै लैंगिक हिंसा न्युनिकरणमा पुरुषको पनि ठूलो भुमिका रहेको बताउनुभयो । यसैगरी हरिपूर्वा नगरपालिका वडा नं। ५ का अध्यक्ष विजयकुमार यादवले लैंगिक हिंसा प्रत्येक घर, परिवार, समाजमा व्याप्त रहेकोले यसलाई न्युनिकरण गर्न सबै पक्षको भूमिका महत्वपूर्ण रहने तर्क गर्नुभयो ।हरिपूर्वा नगरपालिका वडा नं। ६ का अध्यक्ष दिनेश रायले लैंगिक हिंसाबाट पुरुषहरु पनि पीडित रहेको भएपनि तुलनात्मक रुपमा महिलाहरु बढी पीडित भएको तथ्य औंल्याउँदै महिला तथा बालबालिका शाखालाई अझ शसक्त र क्रियाशील बनाउनु पर्ने बताउनुभयो । हरिपूर्वा नगरपालिकाको समन्वय तथा वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा बागमती सेवा समाज नेपाल, सर्लाहीले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा हरिपूर्वा नगरपालिकाका प्रशासकीय अधिकृत कुमार परियारले समेत आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो भने नगरपालिकाको महिला तथा बालबालिका शाखाका धनकुमारी खड्काले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here