काठमाडौं २१ मंसिर ।
भक्तपुरबाट मोटरसाइकल चोरो गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने १९ वर्षीय संगित तामाङ र दोलखाकै सैलुङ गाउँपालिका २२ घर भई भक्तपुरको गठ्ठाघर बस्ने १९ वर्षीय सलिन तामाङ रहेका छन् ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका ३ कौशलटारस्थित कमलधाराबाट उनीहरुले प्रदेश ३०२०१७ प. ७६७७ नम्बरको मोटरसाइकल शनिबार मध्यरातिमा चोरी गरेका थिए । मोटरसाइकल चोरो भएको सूचना पाएलगत्तै प्रहरीले चेकजाँचलाई कडा पारेको थियो । ड्युटीमा खटिएको प्रहरी टोलीले कौशलटार चोकमा चेकजाँच गर्ने क्रममा संगित तामाङले शंकास्पद हर्कत गरेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । सोही अनुसन्धानको आइतबार बिहान ९ ३० बजे कौशलटारबाट चोरी भएको उक्त मोटरसाइकल र सलिन तामाङलाई पनि प्रहरीले पक्राउ गरेको हो । सिन्धुपाल्चोकको बलेफी घर भई गठ्ठाघर बस्दै आएका सागर तामाङले आफ्नो मोटरसाइकल चोरी भएको उजुरी दिएपछि दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here