रौतहट, २१ मंसिर ।
जिल्ला प्रहरी कार्यालय रौतहटले हराएको बालक फेला पारी आफन्तलाई बुझाएको छ। भारत बिहार जिल्ला मोतीहारी ग्राम पंचायत पिपरा वडा नं.१५ बस्ने तैयब अन्सारीको छोरा ७ बर्षीय सोनु अन्सारीलाइ प्रहरीले फेला पारि आफन्तलाई बुझाएको हो। आफ्नो मामा घर रौतहटको गौर नगरपालिका वडा नं. ३ पोखरीया टोलमा बस्दै आएका सोनु अन्सारी हजुरबुवाको पसलमा जाँदा बाटो बिर्सीएर हराएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको गौर नगरपालिका वडा नं.५ चिरान मिल नजिक बाटोमा उनलाई फेला पारी आज आफन्तलाई बुझाएको हो। गौर नगरपालिका वडा नं.३ पोखरीया टोल बस्ने उनका हजुरबुबा फर्जन अन्सारीलाइ हराएका सोनु अन्सारी जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here