रौतहट २१,मंसिर ।
शुक्रबार बसेको नगर कार्यपालिका बोर्डको निर्णय अनुसार आउँदो सोमबारदेखि नगरपालिका अन्तर्गतको सबै बिधालय संचालन हुन लागेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार मास्कको अनिवार्य प्रयोग , समाजिक दुरीसहित स्वास्थ्य सुरक्षा अपनाएर बिधालय संचालन गरिने नगर शिक्षा संयोजक अनिल कुमार निधिले जानकारी दिनुभयो।कोभिड १९ को कारण बन्दरहेका जिल्लाको १८ स्थानीय तहका विद्यालय मध्ये कटहरियासँगै १७ तहको संचालन भैसकेको छ । हालसम्म एक स्थानीय तह बृन्दाबन नगरपालिका अन्तर्गतको सामुदायिक विद्यालयहरु मात्र संचालनमा आउन नसकेको जिल्ला शिक्षा समन्वय ईकायी प्रमुख रामबिनय सिंहले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here