रौतहट २० मंसिर ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा सिचाइका लागि डिप टयुवबेल जडान हुने भएको छ । रौतहटको माधवनारायण नगरपालिकाको वडा नम्बर ३ सखुअवा भेल्हीमा शनिबार कृषि राज्य मन्त्री योगेन्द्र राय यादवले डिप टयुवबेल जडान कार्यको शुरुवात गरेका हुन ।
शनिबार एक कार्यक्रमको आयोजना गरि राज्य मन्त्री यादवले पुजा गरेर विधिवत रुपमा एक डिप टयुवबेल जडान कार्यको शुभारम्भ गर्नु भएको हो ।


सो क्षेत्रका किसानहरु सिचाइको अभावमा वर्षौदेखी आकासे पानीको भरमा खेती गर्दै आएका छन । डिप टयुवबेल जडान कार्य सम्पन्न हुदा सो क्षेत्रका हजारौ विगााहा खेत सिचाइको सुविधा उपलब्ध हुने जनाइएको छ ।


जडान शुरु गरिएको डिप टयुवबेलबाट उपलब्ध हुने पानीले रौतहटको सखुअवा, भेल्ही , मिठुअवा ,खेसरहिया लगायतका स्थानमा रहेका हजारौ बिगाहा जमिन सिंचित हुने मन्त्री यादवले बताउनु भयो ।
डिप टयुवबेल जडानले सो भेगका किसानहरु निकै उत्साहित भएका छन । टयुवबेल जडानले सुख्खा खेती गर्दै आएका किसानहरु पानीको समस्या हट्ने भएपछि निकै हर्षित भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here