महोतरी, २० मंसिर ।

संघिय सरकारले उपलब्ध गराएको बजेटबाट निर्माण हुने अधारभुत अस्पतालको शिलान्यासको कार्य महोतरीको मनरा सिस्वा नगरपालिकाले आज सम्पन्न गरेको छ । शनिबारका दिन नगरस्तरिय आधारभुत अस्पतालको शिलान्यास मनरा एकडाराको बिच हुलाकी सडकमा जग्गा दाता उदय कुमार सिंह एवम नगर प्रमुख संजय कुमार सिंहले सयुक्तरुपमा गरेका छन् । उदय सिंहले दानमा दिएको जग्गामा सम्पुर्ण नगरबासीहरुको गरिमामय उपस्थितिमा नगर प्रमुखले भुमि पुजन गर्दै सिलान्यास कार्य गरेका हुन् । १५ सयैको निर्माण हुने उक्त अस्पताल त्यो क्षेत्रको सबैभन्दा ठूल्लै अस्पतालको रुपमा स्थापित हुने नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here