मोरङ २० मंसिर ।
सुनवर्षी नगरपालिका ५ झुगी चोकबाट ४१ वर्षीय राजकुमार मण्डल शुक्रबार पक्राउ परेका हुन् ।
उनको साथबाट कम्मरमा भिरेको कटुवा पेस्तोल, त्यसको दुई राउण्ड गोली र १९ हजार तीन सय २५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
हतियारसहित विभिन्न गतिविधि गरिरहेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मण्डललाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here