तनहु, १८ मंसिर । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुलको उद्घाटन गरेका छन् । बुधबार उद्घाटन गर्न नपाएको पुलको पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित उद्घाटन गर्न पुगेका थिए ।
जिल्ला प्रशासन कार्यालय तनहुले बुधबार पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरे पनि पौडेल पुल उद्घाटन गर्न जाँदा पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा लिई छाडेको थियो ।


बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए । २०७३ साल वैशाखमा निमाणको सम्झौता भएको पुलको लागत २ करोड ५४ लाख रुपैयाँ रहेको थियो । पुल २०७५ कात्तिक ९ गते नै निर्माण सम्पन्न भएको थियो । तर बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here