रौतहट, १८ मंसिर ।
रौतहटको गढीमाई नगरपालिका, समनपुरले २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्षमा आफना नगरका अपांगहरुलाई एक कार्यक्रमका विच सामग्रीहरु वितरण गरेको छ ।
गढीमाई न.पा.का मेयर श्याम प्रसाद यादव एवम उप मेयर  शुभद्रा गुप्ताले नपा विभिन्न वडाहरुमा रहेका विभिन्न अपाङ्गता भएको व्यक्तिहरुलाई व्हील चेयरका साथै अन्य सहायक उपकरणहरु प्रदान गरेको हो ।


शंकर गुदर उच्च माध्यमिक विद्यालय समनपुरमा आयोजित कार्यक्रममा नगरभित्र रहेको अपांगहरुलाई मेयर यादब एवम उपमेयर  गुप्ताले टाइसाईकल १ थान, हव्ली चेयर १ थान, स्टील छडी ४ थान, बैसाखी २ थान, सेनेटाइजर १० थान वितरण गरिएको आयोजक कमिटीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here