रौतहट,१५ मंसिर । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले सोमबार बिहानको करिब ४ वजेको समयममा करिब ३ लाख मूल्यबराबरको सालको काचो फल्ली बरामद गरेको छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत रामप्रसाद साहको नेतृत्वमा गएको टोलीले चन्द्रपुर नगरपालिका १ बागमतीबाट सो काठ बरामद गरेको हो।
अन्य जिल्लाबाट बागमती नदीमा टियुरमा राखेर ल्याइएको ६० थान सालको काँचो फल्ली वन कर्मचारीले बरामद गरेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख विनोद सिंहले बताउनु भयो । बा १ ख ६४४२ नम्बरको मिनिी बसमा ल्याएको काठ बरामद गरेको उनले बताए ।
अन्दाजी ६० क्युफिटभन्दा बढी काठ हुने र बजार मूल्य ३ लाखभन्दा बढी रहेको डिभिजन वन प्रमुख सिंहले बताएका छन्।
प्रमुख सिंहका अनुसार केही दिन अगाडिदेखिको सुराकीको आधारमा बससहित काठ बरामद गर्न वन कर्मचारी सफल भएको र बस कसको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाकारी हुन आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here