रौतहट १५ मंसिर ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा १५ शैयाको अस्पतालको भवन शिलान्यास भएको छ ।
रौतहट माधव नारायण नगरपालिका वडा नम्बर २ खेसरहियामा नगरस्तरीय १५ शैयाको अस्पताल भवन निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । माधव नारायण नगरपालिकाका नगर प्रमुख बिरेन्द्र प्रसाद यादव र उपप्रमुख सिमाल कुमारी साह र प्रमुख प्रशासकिय अधिकृत प्रवल कायस्थले सो अस्पताल भवनको शिलान्यास गर्नुभएको हो । नगर भरिका जनतालाई अबका दिनमा स्वास्थ्य चेक जाँच गराउन टाढा जानबाट बन्चित भएको नगर प्रमुख बिरेन्द्र प्रसाद यादवले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here