रौतहट १४, मंसिर ।
जिल्ला प्रहरी कार्यालय रौतहटले घरेलु मदिरा बनाउने भट्टी नष्ट गरेको छ। अबैध रुपमा संचालन गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक नरेश महतोको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले घरेलु मदिरा बनाउने भट्टी नष्ट गरेको हो।
रौतहट राजपुर नगरपालिका वडा नं.५ मा अबैध रुपमा सञ्चालन गरेको घरेलु मदिरा बनाउने भट्टीबाट स्थानिय ४५ बर्षीय रामनाथ पासवान र परोहा नगरपालिका वडा नं.५ रामनगरी वस्ने ४५ बर्षीय मोहिद अंसारीलाई समेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक महतोले बताउनुभयो।

उक्त टोलीले कच्चा पदार्थ एक सय लिटर , तयारी ३ सय लिटर मदिरा पोखाई नष्ट गरी घरेलु मदिरा बनाउने मेशिन ३ वटा, बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
यसैगरि सोहि टोलिले परोहा नगरपालिका वडा नं.६ वसन्तपट्टीमा संचालन गरेको घरेलु मदिरा बनाउने भट्टीबाट २५ बर्षीय विरेन्द्र पटेललाई नियन्त्रणमा लिएको छ।

पटेलले संचालन गरेको भट्टीबाट कच्चा पदार्थ सात लिटर तयारी मदिरा दुइ सय पचास लिटर,मदिरा बनाउने मेशिन २ वटा समेत गरी जम्म कच्चा पदार्थ १७ सय लिटर ,तयारी मदिरा ५ सय पचास लिटर नष्ट गरी घरेलु मदिरा बनाउने मेशिन ५ वटा बरामद गरेको छ।

पक्राउ परेका ३ जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here