वीरगञ्ज १४ मंसिर ।
बाराको भरवलियास्थित एक राइस मिलमा आगलागी हुँदा करिब १ लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ ।

फेटा गाउँपालिका–१ भरवलिया टोल बस्ने सुधिर पटेलले सञ्चालन गरेको नितेश राइस मिलमा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
खरले छाएको १ तल्ले घरमा सञ्चालित मिलमा अचानक आगलागी हुँदा घरको छानो पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यसैगरी मोटर २ थान, धान ९ बोरा, ५ सय किलो गहुँ, २ बोरा धानको भुस पनि जलेर आंशिक क्षति पुगेको छ ।

अपरान्ह ४ बजेतिर लागेको आगो प्रहरी र स्थानियबासीको प्रयासमा आधा घण्टापछि नियन्त्रणमा आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here