रौतहट १३ मंसिर।
रौतहटमा गोली हानी युवतीको हत्या गरेर फरार भएका पाँच जना पक्राउ परेका छन् ।
हत्या आरोपमा विभिन्न स्थानबाट पाँच जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।

गत कात्तिक २६ गते राति घरमै आमासँग सुतिरहेकी माधव नारायण नगरपालिका ५ लौकाहा टोलकी १८ वर्षीया अमृताकुमारी साहको गोलीहानी हत्या गरिएको थियो ।

टाउकोमा गोली लागेकी युवतीको घटनास्थलमा नै मृत्यू भएको थियो । गोली हानेर फरार भएका व्यक्तिहरु १५ दिनपछि पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिलाई रौतहट प्रहरीले आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
उनीहरुविरुद्ध आइतबार म्याद थप गर्ने र अनुसन्धान सुरु गर्ने रौतहट प्रहरीले जनाएको छ ।

ती युवती २०७६ फागुनमा सर्लाहीका रुपेश साहसँग विवाह गरे पनि सम्बन्ध विच्छेद भएपछि माइतीमै बस्दै आएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here