जनकपुरधाम ११ मंसिर ।

जनकपुरधाम उपमहानगरपालिका ७ बेलाकुटीमा कोठा भाडा लिएर बस्दै आएकी महिला बिहीबार मध्यान्ह मृत फेला परेको धनुषा प्रहरीले जनाएको छ । मृत महिलाको नाम रेखा रहेको र थप विवरण खुल्न नसकेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए । अन्दाजी २३ वर्षीया महिला श्रीमानसँगै बस्दै आएकी थिइन् । तर, उनी मृत फेला परेको अवस्थामा उनका श्रीमान फेला नपरेको स्थानीयलाई उदृत गर्दै प्रबक्ता मिश्रले बताए । प्रहरी अहिले घट्नास्थलमा रहेको बताउँदै उनले प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिने बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here