धनगढी १० मंसिर ।
कैलालीको गौरीगंगा नगरपालिका चौमालामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ना ३ ख ५९४२ नम्बरको ट्रकले सुदूरपश्चिम प्रदेशको ०१०० प ९७६ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका ४ का २२ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक मोहन बहादुर साउदले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका ४ का १९ वर्षीय प्रेम चौधरी घाइते भएका छन् । उनको सेती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here