पर्सा ८ मंसिर ।
पर्सामा कपडामा आइरन लगाउने क्रममा करेन्ट लागेर सोमबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका ११ श्रीपुर डेरा गरी बस्ने बिन्दबासिनी गाउँपालिका ४ अमरपट्टी घर भएका २० वर्षीय योगेश्वर साह रहेका छन् ।

कपडामा आइरन लगाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारका लागि नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here