1205778418

काठमाडौं, ८ मंसिर ।
नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख २२ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ३ सय ८१ पिसिआर परीक्षण गर्दा थप १९ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार २४ घन्टामा ७ सय ८९ जना महिला र ११ सय ९१ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप ३ हजार ४३ जना कोरोना संक्रमण पछि निको भएका छन् ।
योसँगै नेपालमा कोराना भाइरसको संक्रमण पछि निको हुनेको संख्या २ लाख २० हजार ६७ पुगेको छ ।
यो दर कुल संक्रमिताके ९० दशमलव ९ प्रतिशत हो ।
हाल नेपालभर १८ हजार ८ सय ८४ सक्रिय संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here