सप्तरी ७ मंसिर ।
सप्तरीमा एक हात्ती मृत फेला परेको छ । कञ्चनरूप नगरपालिका ५ परेमारामा आइतबार बिहान जङ्गली हात्ती मृत फेला परेको हो ।
परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए ।
पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।
नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलबाट आएर गाउँमा मृत अवस्थामा हात्ती भेटिएको चौधरीको भनाइ छ । उनका अनुसार हात्तीको शरीरले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ । अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै करेन्टकै कारण मरेको हुनसक्ने स्थानीयका आशंका छ । संभार टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here