रौतहट ७ मंसिर ।
रौतहटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक परोहा नगरपालिका ६ बसन्पट्टी बस्ने महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी हवल्दार ३५ वर्षीय प्रविण सिंह छन्।
रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा न. ९ स्थित सडकमा ना.६ प ७४२२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार साँझ दुर्घटना भएको प्रहरीले बताएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३५ वर्षीय राकेश सिंहको नेशनल मेडिकल कलेज बीरगञ्जमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here