रौतहट ७ कात्तिक ।
रौतहटमा बेपत्ता भएकी एक बालिकालाई प्रहरीद्धारा अभिभावकलाई बुझाइएको छ । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको वडा न. १ गम्हरिया टोलका सुरेन्द्र मुखियाका अन्दाजी तिन बर्षकी अमृता कुमारीलाई प्रहरीले फेला पारि आइतबार बिहान अभिभावकलाई बुझाइएको हो ।
बेपत्ता भएको खबर इलाका प्रहरी कार्यालय गरुडाले सुचना प्राप्त गरेसँगै प्रहरी बालिका खोजीमा खटिएका थिए । आइतबार बिहान गरुडा नगरपालिकाको वडा नम्बर ५ स्थित शिवनगर चोकमा बेवारिसे अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले रेड खवरलाई जनाएको हो । हुलियाका आधारमा बालिकाका अभिभावक इलाका प्रहरी कार्यालय गरुडामा सम्पर्कमा आएपछि निज अमृता उनका अभिभावकलाई बुझाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here