पर्सा ७ मंसिर ।
पर्सामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

बिन्दवासिनी गाउँपालिका ४ अमरपट्टी बस्ने २६ वर्षीय उमेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणी अभियोगकी बालिकालाई ललाई फकाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी अमरपट्टी र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here