धनुषा ४ मंसिर ।
धनुषामा हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका ९ बरमझियाका पवन शर्मा, श्रवण शर्मा र प्रमोद महरा छन् ।

गएको कात्तिक ३० गते गणेशमान चारनाथ नगरपालिका २ का सरोज साहको कुटपिटबाट मृत्यु थियो ।
सोही हत्या आरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए ।

उनका अनुसार बरमझियाकै एक पसलमा बसेको बेला सामान्य विवाद हुँदा कुटाकुट भएको थियो ।
कुटाइबाट साह गम्भीर घाइते भएका र उपचारको क्रममा विराटनगरस्थित एक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए ।

घटनाकै दिन आरोपितहरुलाई कुटपिटको आरोपमा पक्राउ गरिएको थियो ।
तर साहको मृत्यु भएपछि आरोपितलाई नियन्त्रणमै राखि अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here