रौतहट ४ मंसिर ।
रौतहट जिल्लाको गढीमाई नगरपालिकामा छठ पर्वका व्रतालु महिलाहरुलाई साडी बितरण गरिएको छ ।
नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले हिन्दुहरुको महान चाड छठ पर्वको शुभ अवसरमा छठ पर्वमा ब्रत बस्नु हुन व्रतालु महिलाहरुलाई साडी वितरण गरेको रेड खबरलाई बताउनु भयो ।


आर्थिक अभावमा दलित समुदाय मारका परेको बताउनु हुदै दलित छठ पर्वका ब्रतालु महिलाका लागि रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले साडी वितरण गरेको उहाले बताउनु भयो ।

गरका करिब ३१ सय थान दलित महिला ,असहाय ,गरिब र एकल महिलाहरुलाई साडि वितरण गरिएको उनले जानकारी गराएको छ।
साडी वितरण कार्यक्रममा नगर प्रमुख यादवले छठ पर्वमा आर्थिक रूपले विपन्न परिवारका व्रतालुलाई साडी वितरण गर्न रहेको बताउनु भयो ।

उहाले आगामी वर्ष पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता प्रकट गर्नु भयो । पर्व मनाउदा समाजीक दुरी कायम गरी, मास्क अनिवार्य लगाउन नागरिकहरुलाई आग्रह समेत गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here