रौतहट २८ कात्तिक।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न भएको छ ।
नेपाल सरकार तथा जिल्ला प्रशासन रौतहटले जारी गरेको नियम सामाजिक दुरी कायम राख्दै नगरपालिकाको कार्यालय कटहरियाको सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौ नगरसभा भव्याताका साथ सम्पन्न भएको छ ।

रौतहटको १८ स्थानिय लगायत सबै पालिकाले असाढ मसान्तमै नगर परिषद गरिसक्नुपथ्र्यो तर विभिन्न कारणले हुन नसकेको कटहरिया नगरपालिकाको नगरसभा शुक्रवार मात्र सम्पन्न भएको हो ।

रौतहट निर्वाचन क्षेत्र नं ३ को ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सांसद कुन्दन कुश्वाहाको प्रमुख आतिथ्य तथा नगर प्रमुख शियाराम कुश्वाहाको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७७।०७८ मा नगरको समग्र विकासका लागि ४२ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ।
चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि कटहरिया नगरपालिकाले आफना पाँचौ नगरसभाबाट ४२ करोड १९ लाख ३८ हजार ४५७ रुपैया बजेट पारित गरेको छ ।

कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, समपुरक अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगाएतको गरी सो रकम प्रस्तुत गर्नुभएको छ ।

यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले नगरपालिकाले ल्याएको विकासे बजेट एकदै कार्ययोग्य रहेको बताउदै सफलताको पनि शुभकामना दिनु भयो।

कार्यक्रममा रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, प्रदेश सांसद कुन्दन कुशवाहा, जि.स.स.रौतहट अध्यक्ष रामएकवाल राय यादव,नगरपालिकाकी उपप्रमुख नुरजहाँ खातुन, विभिन्न वडाका जनप्रतिनिधि, लेखापाल बिवेक सहनी, विभिन्न राजनैतिककर्मी लगाएतहरुको सहभागिता रहेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here